Home / Feature Breaking news / अण्डा बोकेको पिकअप गाडी दुर्घटना, ७७ हजार बढीको क्षेती

अण्डा बोकेको पिकअप गाडी दुर्घटना, ७७ हजार बढीको क्षेती

दाङ,१ साउन । दाङको दउखुरीमा अण्डा बोकेको पिकअप गाडी दुर्घटना हुदा ७७ हजार बढि मुल्यको अण्डा क्षेती भएको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नं. ७ को बनघुर्सीमा चितवनबाट धनगढीतर्फ जाँदै गरेको ना ४ च ६९५२ नम्वरको गाडी दुर्घटना हुँदा उक्त क्षती भएको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् ।

उनका अनुसार विहिवार विहान पिकअप गाडी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा उक्त गाडीमा भएका ७७ हजार ९ सय रुपैयाँ बराबरको अण्डा फुटेर क्षती भएको हो ।

चालकलाई नियन्त्रणमा लिएर घट्ना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*