Home / समाचार / महिला सामुदायिकद्वारा बिमा रकम प्रदान

महिला सामुदायिकद्वारा बिमा रकम प्रदान

दाङ, २९ असार

महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सदस्यहरुको परिवारलाइ बिमा रकम प्रदान गरेको छ । संस्थाको भिग्री शाखा प्यूठानले संस्थाको कार्यक्रममा आवद्ध दुई जना मृतक सदस्यहरुको परिवारलाई बिमा रकम प्रदान गरेको हो ।

Bima 2

माण्डवी गाँउपालिका वडा नम्बर ३ दारिमचौर निवासी स्वर्गिय सुकमाया क्षत्रीको परिवारलाई एक लाख ३० हजार र स्वर्गद्धारी नगरपालिका वडा नम्बर ४ बाझिपुर निवासी स्वर्गीय गीतादेवी सार्कीको परिवारलाई दुई लाख ११ हजार रुपैया बिमा रकम प्रदान गरिएको भिग्री शाखा प्रमुख राजन परियारले जानकारी दिनुभयो ।

संस्थाका कर्जा तथा जोखीम व्यवस्थापन विभागका वरिष्ठ अधिकृत रमेश अधिकारीले सो रकम मृतक सदस्यको परिवारलाई प्रदान गर्दै सो रकम छोराछोरीको शिक्षामा खर्च गर्न अनुरोध गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*