Home / Feature Breaking news / यसरी पुगे ईन्स्पेक्टरलाई डेढ लाख घुस दिन

यसरी पुगे ईन्स्पेक्टरलाई डेढ लाख घुस दिन

दाङ, २८ असार

दाङ लागुऔषध कारोबारको केन्द्रविन्दु मानिन्छ । पहाडी जिल्लाहरुमा उत्पादन हुने लागुऔषधसँगै ब्राउन सुगरजस्ता लागुऔषधको कारोबार हुन्छ भन्ने प्रहरीको तथ्यांकले नि देखाउछ ।

विशेष गरि बजार क्षेत्रमा हुने ओसारपसार एवं लागुऔषध दुव्र्यसन रोक्नकालागि प्रहरी निरन्तर लागिरहेको प्रहरीले बताउने गरेको छ । वडा प्रहरी कार्यालय घोराहीमा आउने हरेक प्रहरी निरिक्षकहरुकालागि बढि प्राथमीकताका विषय भनेको गुण्डागर्दि नियन्त्रणसँगै लागुऔषध नियन्त्रण नै हुन्छ ।

हालका वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक दिनेश रिमालले पनि सरुवा भएर आएपछिको पत्रकारहरुसँगको पहिलो भेटमा आफ्ना प्राथमीकताका विषय सुनाउदा लागुऔषध नियन्त्रण पनि भएको बताउनुभएको थियो ।

लागुऔषध ओसारपसार र प्रयोगलाई सक्दो नियन्त्रण गर्ने उहाँको प्रतिवद्धतालाई कार्यान्वयन गर्नकालागि लागुऔषध नियन्त्रणकालागि क्रियाकलाप बढाएको छ ।

असार २७ गते शुक्रवार राति घोराहीको मिलनचोक आसपासबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ ग¥यो । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले सागर केसी भनिने दुर्गाराम खत्रीलाई पक्राउ ग¥यो ।

राति पक्राउ परेकाले प्रहरीले थप सोधपुछ गर्न पाएको थिएन । शनिवार विहानैदेखी वडा प्रहरी कार्यालय प्रमुख रिमाललाई फोन आउन थाल्यो­ ‘सागरको केश मिलाईदिनुप¥यो सर, बरु सुधार केन्द्रमा पठाईदिनुस्’ भनेर ।

उहाँ विहानै कार्यालयको अन्य कामले बाहिर निस्कनुभएको थियो । पक्राउ परेकासँग प्रहरीले थप सोधपुछ गर्न नपाउदै मिलाईदिनुप¥यो भन्दै फोन आएको रिमालको भनाई छ । यो केश मिलाईदिनुपर्छ भन्ने मात्र होईन उनीहरुले रिमालसँग राम्रो चिनजान भएका व्यक्तीहरुमार्फत पनि भन्न लगाए । तर रिमालले नियम अनुसार हुने भनेर जवाफ मात्र दिए । तर फोन गर्नेहरु झन् पछि झन् सक्रिय हुन थाले उनीहरु कार्यालयमै पुगेर जुनियर प्रहरी अफिसरहरुसँग पनि ‘सागरको केश मिलाइदिनुप¥यो, बरु हामीले के गर्नुपर्छ’ भनेर भन्न थाले ।

जुनियर प्रहरी अफिसरहरुले यस्ता कुरा नगर्नुस् भन । उनीहरु फ्रेस ईन्स्पेक्टर भएर होला भन्दै कार्यालयबाट निस्कीए । तर उनीहरु यत्तिमै रोकीएनन् । अटेरी गर्दै वडा प्रहरी कार्यालयका प्रमुख रिमालसम्मै पुगे ।

शनिवार बेलुकी करिब पाँच बजेतिर उनकै कार्यकक्षमै पुगेर यो लागुऔषधको मुद्धा मिलाईदिनुप¥यो भन्दै आर्थिक प्रलोभन पार्न खोजेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुले मुद्धा मिलाईदिनुप¥यो भन्दै एक लाख ५० हजार दिन खोज्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १८ सुपैलाखुटि बस्ने २७ वर्षको गोविन्द शाह र स्वर्गद्धारी नगरपालिका वडा नम्बर ५ भिग्री घर भई हाल लमही नगरपालिका वडा नम्बर ५ बस्ने ३० वर्षका समीर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकृत डिएसपी सुमीत खड्काले जानकारी दिनुभयो ।

उनीहरुलाई आवश्यक कारबाहीकालागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा पठाईएको खड्काले जानकारी दिनुभयो । प्रहरीको यस कार्यले प्रहरी प्रशासनप्रतिको विश्वनियता थप बलियो बनेको चर्चा हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*