Home / समाचार / निवर्तमान आईजीपीले भने – सधैँ थकथकी लागि रहनेछ

निवर्तमान आईजीपीले भने – सधैँ थकथकी लागि रहनेछ

 काठमाडौं, २५ असार ।

निवर्तमान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले महामारीका कारण सबै योजना थाँती राख्नु परेकोमा सधैँ थकथकी लागि रहने बताएका छन् ।

प्रहरीमा सेवाको अन्तिम दिन बुधबार धन्यवाद सन्देश जारी गर्दै उनले संगठनको हितमा पाइला चाल्न नपाउँदै कोभिड–१९ (कोरोना) भाइरसको महामारीले गाँजेका कारण सबै योजना रोकिएको बताएका हुन् ।

यद्यपि, विषम परिस्थितिमा राष्ट्रले सुम्पिएको जिम्मेवारी पूरा गर्न संगठनका सबै सदस्यहरुले देखाएको निष्ठा र अदम्य साहसले आफूलाई गौरवान्वित बनाएको बताएका छन् ।

ज्ञवालीले आफ्नो कार्यकालमा संगठनको उन्नतिमा सबैको रचनात्मक सहभागिता र सामूहिक निर्णयको संस्थागत अभ्यास, सदस्यहरुबीच आपसी एकता र भातृत्वभाव तथा गैरव्यवसायिक क्रियाकलापविरुद्ध शून्य सहनशीलताको संस्कार र चरित्रलाई पुनर्जागृत गर्दै अझ परिस्कृत गर्ने प्रयास गरेको पनि बताएका छन् ।

उनले संवेदनशील घडीमा आपसी एकता, धैर्यता र स्वअनुशासनका साथ नागरिक सेवामा खटिन समेत सबै प्रहरी कर्मचारीलाई आग्रह गरेका छन् ।

व्यवसायिक धर्म र सेवाप्रतिको निष्ठा भावले निर्वाह गर्ने भूमिकाले नै नेपाल प्रहरीको गरिमा चुलिँदै जाने पनि ज्ञवालीले उल्लेख गरेका छन् ।

उनका बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विदाइ गरिएको छ । बिहीबारबाट शैलेश थापा क्षेत्रीले प्रहरी महानिरीक्षकको कार्यभार सम्हाल्दैछन् ।

dhanyabad-2077-03-24-page-001-e1594262643709

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*