Home / Feature Breaking news / आाज भारी बर्षाकाे सम्भावना, बाढी, पहिरो र डुबानबाट सतर्क रहन आग्रह

आाज भारी बर्षाकाे सम्भावना, बाढी, पहिरो र डुबानबाट सतर्क रहन आग्रह

दाङ, २५ असार।
देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा डुवानबाट सचेत रहन सरकारले आग्रह गरेको छ । 
आज सातवटै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना  रहेकाले उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात सेवा प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र प्रदेश ५ र सदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको विभागले बताएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा प्रदेश ५ र कर्णाली प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*