Home / समाचार / बिप्लव नेकपाका मध्यपश्चिम कमाण्ड इन्चार्ज विरजंग पुन: पक्राउ

बिप्लव नेकपाका मध्यपश्चिम कमाण्ड इन्चार्ज विरजंग पुन: पक्राउ

दाङ, १५ असार ।

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘बीरजंग’लाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

संगठित अपराधसम्वन्धी मुद्धामा सोमवार दाङ देउखुरी जिल्ला अदालतमा १५ हजार धरौटी बुझाएर रिहा भएका चन्दलाई प्रहरीले पुन: पक्राउ गरेको हो । उनलाई प्रहरीले संगठित अपराधसम्वन्धी मुद्धामा पुन काभ्रे जिल्ला पठाएको छ ।

पक्राउ परेका चन्दलाई राज्य विरुद्धको संगठिक अपराधमा काभ्रे जिल्लामा मुद्धा भएकाले प्रहरीले पक्राउ गरेको बताइएको छ । अदालतबाट रिहाई भएका चन्दले पक्राउ पर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ठाउँठाउँ एकै किसिमको मुद्धामा डलाउने काम गरेर सरकारले आपुैmले बनाएको संविधानको उल्लघन गर्ने काम गरेको बताएका थिए ।

‘एउटै केशमा सरकारले देशभरी मुद्धा लगाएर डुलाउने काम गरेको छ,यो राज्यको निरंकुशताको पराकाष्ट हो’–उनले भने–‘यसले जनतामा वितृष्णा ल्याउने र न्यायको अनुभुति गर्न सक्दैनन् ।’

चन्द गएको असोज ३० गते राती नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका–४ को मुग्रेठाबाट पक्राउ परेका थिए । राप्ती व्यूरोका बैठकबाट चन्दसहित नेकपाका २१ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका थिए । पक्राउ परेका अन्य भने रिहाई भैसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*