Home / Feature Breaking news / कपिलवस्तुमा भेटियो नेपालकै सबैभन्दा ठूलो सलहको झुण्ड
salaha-3

कपिलवस्तुमा भेटियो नेपालकै सबैभन्दा ठूलो सलहको झुण्ड

कपिलवस्तु, १५ असार

कपिलवस्तुको तीन नगरपालिकामा सलहको ठूला झुण्डहरू फेला परेका छन् ।

बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

आइतबार अपराह्न करिब ८ देखि १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड कपिलवस्तुमा प्रवेश गरेको विषादी व्यवस्थापन केन्द्रको अनुमान छ । उक्त नयाँ समूह जंगलमा बसेको प्रवक्ता सुवेदीले बताए ।

करिब २० घण्टासम्म एकै ठाउँमा बसेको सलहको उक्त झुण्ड नेपालमा भेटिएकोमध्ये सबैभन्दा ठूलो भएको सुवेदीले दाबी गरे ।

नेपालमा शनिबारदेखि सलहको झुण्ड नेपालका प्रवेश गर्ने क्रम सुरु भएको थियो । सरकारले भारतका विभिन्न भागमा बालीनाली नष्ट गर्दै आएका सलह साना-साना झुण्डमा छुटि्टएर नेपाल प्रवेश गरेको बताउँदै आएको थियो । अब ठूलो झुण्ड पनि नेपाल आउन थालेको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*