Home / समाचार / क्वारेनटाइनमा आत्मबल बढाउन सहयोगी नाटक
फाईल फोटो

क्वारेनटाइनमा आत्मबल बढाउन सहयोगी नाटक

दाङ, १४ असार

दाङका विभिन्न क्वारेनटाइनहरुमा रहेका व्यक्तीहरुलाई आत्मबल बढाउनका सहयोगी नाटक प्रशारण गरिएको छ ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले अडियो माध्यमबाट क्वारेनटाइनहरुमा रहेका व्यक्तीहरुकालागि नाटकीय शैलीमा तयार पारिएको आत्मबल बढाउनकालागि नाटक प्रस्तुत गर्न सुरु गरेको हो ।

कोरोना भाईरसका कारण भारत लगायत विभिन्न देशहरुबाट आएर व्यक्तीहरु लामो समयदेखी क्वारेनटाइनमा रहेदा मानसिक असर पर्ने भएकाले उनीहरुलाई नाटकको माध्यमबाट ग्रुप काउन्सिलिङ गर्न सुरु गरिएको केन्द्रले जानकारी लिएको छ ।

104928049_255913029188473_3564023378184011633_n
नागरिक आवाजसँगको सहकार्यमा  केन्द्रले जिल्लामा सञ्चालन गरेको ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रम अन्तरगत जिल्लाका विभिन्न स्थानहरुमा रहेका क्वोनटाईनहरुमा ग्रुप काउन्सिलीङ गरिरहेको कार्यक्रमका फोकल पर्शन शीवा योगीले जानकारी दिनुभयो ।

‘क्वारेनटाइनहरुको अवश्था, क्वारेनटाइनमा रहेका व्यक्तीहरुले भोग्नुपरेको समस्या, उनीहरुले पाएको सुविधा, लामो समयसम्म क्वारेनटाईनमा बस्नुपर्दाको मानसिक असरलाई समेटेर नाटक तयार पारिएको छ ।’ योगीले भन्नुभयो­ ‘नाटकमा क्वारेनटाइनमा रहेका व्यक्तीहरुमा परेको मानसिक असरलाई कम गर्नकालागि अपनाउनुपर्ने उपायहरु पनि नाटकमा समेटेका छौँ ।’

कोरोनाका कारण कमजोर भएको आत्मबल बढाउनकालागि नाटककले सहयोग पुगेको उहाँले विश्वाव व्यक्त गर्नुभयो । घोराही उपमहानगरपालिकामा ३ वटा क्वारेनटाइन, तुलसीपुर उपमहनागरपालिकाको २, बंगलाचुली गाँउपालिकाको १ र एक आईसोलेशनमा  नाटक प्रशारण गरिएको छ । क्वारेटनाईनमा रहनुभएका स्वास्थ्यकर्मी एवं स्वयमसेवकहरुले नाटक प्रशारणकालागि उत्साहका साथ सहयोग गरेको केन्द्रले जानकारी दिएको छ ।

मानसिक असर परेमा अपनाउन सक्ने उपाय सहितको नाटकले ग्रुप काउन्सिलिङको काम गरेको र थप समस्या भएमा नेपाल महिला सामुदायिक सेवा केन्द्रले काउन्सिलिङकालागि सञ्चालन गरेको टोल फ्रि नम्बर १६६०८२१८००० मा सम्पर्क गर्न कालागि पनि अनुरोध पनि गरिएको छ । सोही आधारमा विभिन्न क्वारेनटाईनहरुबाट टोल फ्रि नम्बर दैनिक क्वारेनटाइनबाट फोन आउने गरेको केन्द्रका मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*