Home / Feature Breaking news / २४ घण्टामा ५९३ कोरोना संक्रमित थपिए

२४ घण्टामा ५९३ कोरोना संक्रमित थपिए

काठमाडौं । नोभेल कोरोना भाइरसका ५९३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५९३ संक्रमित थपिएका हुन् ।

हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित बिहीबार ६७१ जना थपिएका थिए । शुक्रबार ४२६ कोरोना संक्रमित थपिएका थिए भने शनिबार ३३१ संक्रमित थपिएका थिए । आइतबार ४२१ र सोमबार ५३५ कोरोना संक्रमित थपिएका थिए ।

देशभर रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

कुल कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार ६९८ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ४८  डिस्चार्ज भएका छन् । जसमा ८ महिला र ४० पुरुष रहेका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म दुई लाख ६ हजार २७१ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ९० हजार ३४९ जनाको आरडीटी परीक्षण गरिएको  छ । पछिल्लो २४ घण्टामा ६  हजार ५३४  जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ७१ हजार १२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ३० कोरोना संक्रमितहरु रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*