Home / Feature Breaking news / कोरोना संक्रमितको संख्या १००९९, थपिए ५३८

कोरोना संक्रमितको संख्या १००९९, थपिए ५३८

दाङ, ९ असार । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमितको संख्या १००९ढ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले जानकारी दिएका छन् ।

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार २२४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ७६ डिस्चार्ज भएका छन् । जसमा ८ महिला र ६८ पुरुष रहेका छन् । हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख ८६ हजार ३६६ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ७१ हजार ५८४ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९९५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*