Home / Feature Breaking news / सयुक्त संघर्ष समितिद्धारा एमसीसीको विरोध

सयुक्त संघर्ष समितिद्धारा एमसीसीको विरोध

दाङ,९ असार । राष्ट्रलाई विखण्डन गर्ने एमसीसी सम्झौता खारेज गर्न साना दलहरुले सरकारलाई आग्रह गरेका छन् । एमसीसी सम्झौताको खारेजीको माग गर्दै संयुक्त संघर्ष समिति दाङद्वारा आयोजना गरिएको विरोधसभालाई सम्वोधन गर्ने राजनीतिक दलका नेताहरुले राष्ट्रियता र स्वाधिनताका लागि एमसीसी पास गर्न नहुने बताएका थिए ।

उनीहरुले विकासका नाममा अमेरिकाले नेपाललाई कव्जा गरेर चिनलाई घर्ने योजनामा रहेको समेत बताएका थिए । त्यसको जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेपाली कांग्रेस जालमा फसेको आरोप लगाएका थिए ।

विरोध कार्यक्रमलाई नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समिर केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा मालेका जिल्ला सदस्य कपिलदेव पोख्रेल, राष्ट्रिय जागरण अभियानका कृर्तिबहादुर चौधरीलगायतले विरोधसभालाई सम्वोधन गरेका थिए । कार्यक्रमको सहजीकरण सुशील पोख्रेलले गरेका थिए ।

विरोध कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल,नेकपा माले, राष्ट्रिय जागरण मञ्चलगायतका पार्टीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*