Home / Feature Breaking news / दाङ थप १९ जनामा कोरोना, संक्रमितको संख्या ३०४

दाङ थप १९ जनामा कोरोना, संक्रमितको संख्या ३०४

दाङ, ९ असार । दाङमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । मंगलवार राप्ती स्वास्थ्य प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा बंगलाचुली गाउँपालिका १८ जना र लमही नगरपालिकामा थप एक गरी १९ जनामा कोरोना संक्रमण देखिएपछि जिल्लामा कोरोना संक्रमितको संख्या ३०४ जना पुगेको हो ।

सोमवारसम्म जिल्लामा कोरोना संक्रमितको संख्या २८५ जना रहेको थियो । मंगलवार बंगलाचुली गाउँपालिकाको माध्यामिक विद्यालय बंगलाचुली क्वारेन्टाइनबाट ल्याएको स्वाव परिक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु मध्य बंगलाचुली गाउँपालिका वडा नं. ३ का ८ जना, वडा नं. ४ का २ जना, वडा नं. ५ का २ जना, वडा नं. ८ का ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एक जनाको ठेगाना खुल्न सकेको छैन ।

उनीहरु मध्य १७ बर्षदेखि ४३ बर्ष उमेर समूहका रहेका छन् । त्यसैरी मंगलवार लमही नगरपालिका–६ निवासी एक जनामा पुरुषमा कोरोना संक्रमण देखिएको छ । योसँगै जिल्लामा ३०५ कोरोना संक्रमिको संख्या पुगेको छ ।

जसमा सवैभन्दा धेरै घोराहीमा १४७ जना, बंगलाचुलीमा ८६ जना, तुलसीपुर उपमहानगरपालिकामा १५ जना, राप्ती गाउँपालिकामा १४ जना, गढवा गाउँपालिकामा १३ जना, लमहीमा १२ जना, राजपुरमा ७ जना, बबईमा ३ जना र शान्तिनगर गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म दाङको दंगीशरण गाउँपालिकामा कोरोना संक्रमण देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*