Home / Feature Breaking news / तराईमा स्याउ फलाउने रमेश

तराईमा स्याउ फलाउने रमेश

नारायण वली
रुपन्देही,७ असार । तराईमा स्याउ फल्यो भन्ने कुरा सुन्दा जो कोहीलाई अचम्म र अपत्यारिलो लाग्न सक्छ । हिमाली क्षेत्रमा मात्रै फल्ने स्याउ प्रचण्ड गर्मी हुने ठाउँमा फल्दा अचम्म लाग्नु स्भाविकै हो । तर रुपन्देहीका एक नर्सरी किसानले स्याउ फलाउन सफल भएका छन् ।

विगत २ दशकदेखि विभिन्न जातका विरुवाहरु उत्पाद गर्दै एक नर्सरी सञ्चालन गर्दै आएका किसानले पछिल्लो समय गर्मी हुने स्थानमा लो चिलिङ्ग जातको मिलिङ नामक जंगली ग्राफ्टिङ्ग गरेको स्याउ फलाउन सफल भएका हुन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राम निवासी रमेश पाण्डेले स्याउ फलाउन सफल भएका छन् । पाण्डेले पहिलो पटक हिमाली क्षेत्रमा पाईने स्याउ लगाएको भएपनि नफलेपछि उनले २०७२ सालमा दोस्रो पटक लो चिलिङ्ग जातको स्याउ लगाएको थिए ।

नर्सरी किसान पाण्डे भन्छन्,‘स्याउ फलाउने रहर मात्रै नभई सफल परिक्षण पश्चात् यसलाई प्रदेशका जिल्लाहरुसँगै अन्य जिल्लाहरुमा विस्तार गर्ने सोच रहेको छ ।’ व्यवसायिक स्याउ खेतीलाई विस्तार गर्दै नेपाललाई स्याउमा आत्मनिर्भर वनाउने र युवाहरुलाई स्वदेशमै रोजगारी दिने उद्देश्यले विगत पाँच बर्ष पहिलेदेखि लागेको उनी बताउँछन ।

रुपन्देही जस्तो गर्मी ठाउँमा स्याउ फलेको छ भनी सुनेर अहिले स्याउ हेर्न आउनेहरुको संख्या वढ्दै गएको किसान पाण्डेले बताए । लुम्विनी नर्सरी एण्ड गार्डेन नर्सरी सञ्चालन गरेका उनले आफ्नै नर्सरी करिव २ सय प्रजातीका विरुवाहरु कमली गरी उत्पादन गर्दै आएका छन् ।

राज्यले अनुदान भन्दा प्रोत्साहन र आन्तरिक तथा वाह्य देशका लागि वजार व्यवस्थापनमा जोड दिए व्यवसायिक रुपमा खेती गर्न समेत सकिने बताए । त्यसका लागि राज्यले किसानलाई गुणस्तर कोल्ड स्टोर निर्माणमा सघाउ पु¥याउन आवश्यक रहेको बताए । उनले कोल्ड स्टोर निर्माण गर्न सके स्याउ लगायत गुलाव खेती गरेर (जस्मिन तेल) उत्पादन र कट फ्लोर (गिफ्ट दिने फुल) उत्पादन गरी तेस्रो मुलुकमा निर्यात गर्न सकिनेमा दावी गरेका छन् ।

उनले सरकारले हरेक वर्ष कृषि लगानीमा लगानी गर्दै आएको भएपनि तर सम्वन्धित किसानहरुसंग समन्वय नगर्ने गरेकाले कृषि क्षेत्रको उत्थान हुन नसकेको उनको भनाई छ । कृषि क्रान्तिवाटे देशको समृद्धि हासिल गर्न कुनै वाधा नभएको भन्दै किसान पाण्डेले हजारौं विदेशिएका युवाहरुलाई कृषि क्षेत्रमै रोजगारी मिल्ने समेत बताए ।

प्रदेश नं. ५का तराईका ३ वटा जिल्लालाई वुद्धजन्म स्थल पर्यटकिय क्षेत्र र पहाडी ३ वटा जिल्लाहरुलाई पर्यटकिय विश्राम स्थल बनाएर विभिन्न प्रजातीका फुल गार्डेन पार्क निर्माण गरी वाह्य पर्यटकहरुको आगमान वृद्धि गर्न सकिने उनी बताउँछन । जसले गर्दा स्वदेशीसँगै विदेशी मुद्राआर्जन गर्न सकिने उनी बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*