Home / समाचार / स्टार युवा क्लबद्वारा बंगलाचुली गाउँपालिकालाई ज्ञापन पत्र

स्टार युवा क्लबद्वारा बंगलाचुली गाउँपालिकालाई ज्ञापन पत्र

हिमाल महरा
कमिरेचौर, ६ असार ।

गाउँपालिकाले ल्याउन थालेको निती तथा कार्यक्रममा युवाहरुका कुराहरुलाई समेट्न माग गर्दै बंगलाचुलीमा रहेको स्टार बंगलाचुली युवा क्लवले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

बंगलाचुली गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को निती तथा कार्यक्रमको तयारी गरिरहेको बेला क्लवले गाउँ बस्ती तथा निम्न बर्गका युवा तथा श्रमिकहरुको पहुँच पुग्ने गरी कार्यक्रम ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

नेपाल कृषि प्रधान देश भएकाले बंगलाचुली गाउँपालिकाले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिदै आएको र आगामी दिनहरु पनि कृषिलाई नयाँ ढँगबाट ल्याउने र कोराना भाइरस (कोभिड–१९)ले जुन खालको रोजगार विहिन तथा आयआर्जनमा समस्या भएकाले रोजगारीलाई समेट्न आग्रह गरेको स्टार बंगलाचुलीका युवा क्लवका अध्यक्ष सुशील परियारले जानकारी दिएका छन् ।

स्टार बंगलाचुली युवाक्लबका अध्यक्ष सुशील परियारले गाउँपालिकाका प्रशासकिय अधिकृत नेबबहादर वलीलाई ज्ञापन पत्र बुझाएका थिए ।

मागहरुः–

कोभिड–१९ को कारणले वैदेशिक रोजगारबाट र स्वदेश फर्केका युवाहरुलाई तत्कालै हात मुख जोहो गर्नलाई कृषि व्यवासाय कार्यक्रम गर्नुपर्ने ।

गुजारमुखी कृषि प्रणालीलाई परिवर्तन गरी नितिगत रुपमै कृषिलाई उच्च प्राथमिकतामा राखौँ ।

कृषि तथा पशुपञ्छी जन्य बस्तुहरुको उत्पादन तथा उत्पादक तत्वमा वृद्धि गरी ग्रामिण जनता र युवाहरुको आर्थिक कृयाकलामा सुधार गर्नुपर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*