Home / Feature Breaking news / कांग्रेसद्वारा संसद्‍मा ध्यानाकर्षण पत्र दर्ता

कांग्रेसद्वारा संसद्‍मा ध्यानाकर्षण पत्र दर्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारमाथि दबाब सिर्जना गर्न ध्यानाकर्षण प्रस्ताव दर्ता गरेको छ ।

स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई ‘विशेष ज्ञापन पत्र’ बुझाएको कांग्रेसले बुधबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारमाथि दबाब सिर्जना गर्न प्रतिनिधिसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गरेको हो ।

प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्पा भुसाल र सांसद गगन थापाले संसद्‍मा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको कांग्रेस संसदीय दलले जनाएको छ । ध्यानाकर्षण प्रस्तावमा कोरोना नियन्त्रणका लागि सरकार संवेदनशील नदेखिएको भन्दै महामारी रोकथामका लागि संसदले चासो राख्नुपर्ने उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*