Home / Feature Breaking news / क्वारेन्टिनमा १६८४ महिलालाई हिंसाः नेपाल महिला संघ

क्वारेन्टिनमा १६८४ महिलालाई हिंसाः नेपाल महिला संघ

नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघले लकडाउनको अवधिमा क्वारेन्टिनभित्र एक हजार छ सय ८४ जना महिलालाई हिंसा भएको पाइएको बताएको छ।

क्वारेन्टिनभित्र भएका यस्ता हिंसाका छिटपुट घटना बाहिर आए पनि धेरैजसो घटना गपचुप पारिएको पाइएको संघको भनाइ छ।

सरकारले कोरोनाभाइरस महामारीपछि गत चैत ११ देखि लकडाउन लगाएको थियो।

संघले गत जेठ ३२ मा कैलाली लम्कीचुवास्थित एक क्वारेन्टिनमा महिलामाथि सामुहिक बलात्कार हुनुले क्वारेन्टिन महिलाका लागि हिंस्रक खाडल भएको उल्लेख गरेको हो।

संघकी अध्यक्ष उमा रेग्मीले विज्ञप्ति निकालेर उक्त घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी छन्।

‘लम्कीचुवा क्वारेन्टाइनमा राती सुतिरहेकी एकजना महिलालाई स्वास्थ्यकर्मी, रेखदेखका लागि खटाइएका स्वंसेवकलगायत चार जनाबाट पासबिक तबरले सामुहिक बलात्कार भएको छ। यस घट्नाले नेपाल महिला संघ स्तब्ध भएको छ र नेपाल महिला संघको गम्भीर ध्यानकर्षण भएको छ। क्वारेन्टाइन महिलाहरुका लागि हिस्रक खाडल भएको छ,’ विज्ञप्तीमा भनिएको छ । सरकारका नालायकीपनका कारण यस्ता घटना घट्ने उनले निकालेको विज्ञप्तिमा उल्लेख छ।

‘सरकारको अव्यवस्था, अकर्मव्यता, असक्षमता, नालायकपनका कारण यस्ता घट्ना दिनानुदिन बढ्दै गइरहेका छन्,’ अध्यक्ष रेग्मीको भनाइ छ, ‘सरकार केवल रमिते बनेर बसेको छ। पूरै दण्डहिनताको अवस्था छ।’

कोरोना महामारीको अवस्थामा पनि नागरिकहरुको सुरक्षा गर्ने, रोग र भोकबाट बचाउन कम्मर कसेर लाग्नु पर्नेमा केवल आफ्नो दुनो सोझ्याउनतर्फ सरकार लागेको उनको आरोप छ।

‘पीडितलाई न्याय र राहतको व्यवस्था गर्न र अपराधिलाई कडाभन्दा कडा कारवाही गर्न महिला संघ सरकारसँग माग गर्दछ,’ विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*