Home / Feature Breaking news / दाङमा नेपाली सेनाका एक जवानमा कोरोना संक्रमण

दाङमा नेपाली सेनाका एक जवानमा कोरोना संक्रमण

दाङ,२ असार । दाङमा एक जना नेपाली सेनाको जवानमा कोरोना संक्रमण देखिएको छ ।

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार कोरोनो परिक्षणका क्रममा घोराहीमा रहेको रिपुमर्दन गणमा कार्यरत ३२ बर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको छ ।

कोरोना संक्रमितको शव व्यवस्थापनका क्रममा उनलाई कोरोना संक्रमण सरेको आशंका गरिएको छ ।

रोजगारीका क्रममा भारतको दिल्लीमा मृत्यु भएका घोराही–१८ नवलपुर निवासी ५९ बर्षीय पुरुषको उनी सहभागी नेपाली सेनाको टोलीले जेठ २६ गते शव व्यवस्थापन गरेको थियो । सोही क्रममा उनमा कोरोना भाइरस सरेको आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*