Home / Feature Breaking news / पछिल्लो २४ घन्टामा थपिए ४२५ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा थपिए ४२५ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घन्टामा ४२५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा आइतबार ४२५ जना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६०  पुगेको छ। तीमध्ये ९७४ जना निको भएर घर गएका छन् भने १९ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो समय सरकारले पिसिआर प्रविधिबाट परीक्षण बढाउँदै लगेको छ। पछिल्लो २४ घन्टामा ६ हजार ८९ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

अहिलेसम्म १ लाख ३३ हजार ३ सय ७७ जनाको पिसिआर परीक्षण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*