Home / Feature Breaking news / दाङमा एकै दिन थपिए ४७ संक्रमित, संक्रमितको संख्या १४६

दाङमा एकै दिन थपिए ४७ संक्रमित, संक्रमितको संख्या १४६

दाङ, ३२ जेठ ।

दाङमा एकैदिन ४७ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । आइतवार घोराही स्थीत राप्ती स्वास्थ्य विज्ञन प्रतिष्ठानमा गरिएको कोरोना भाइरस परिक्षणका क्रममा बंगलाचुली गाउँपालिकामा मात्रै आइतबार एकैदिन ४७ संक्रमित फेला परेका हुन ।

उनीहरु बंगलाचुली गाउँपालिका वडा नं. ६ को भुटनेटामा रहेको वडा कार्यालयर्का नवनिर्मित भवन र स्वास्थ्य चौकीको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए ।

योसँगै दाङको बंगलाचुलीमा मात्रै ६९ जनामा संक्रमण पुष्टि भएको छ। शनिवार सोही क्वारेन्टाइनमा बसेका प्युठान जिल्ला माण्डवी गाउँपालिका–४ निवासी एक युवाको मृत्यु भएको थियो । तर उनको पिसिआर परिक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको थियो ।

आइतवार गरिएको परीक्षणअनुसार तुलसीपुर उपमहानगरपालिकामा–१७ का १ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठान श्रोतले जानकारी दिएको छ ।

प्रतिष्ठानले आधिकारीक रुपमा चार बजेपछि जानकारी गराउने भएको छ । योसंगै दाङमा कोरोना भाइरसका संक्रमितको संख्या १४३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*