Home / Feature Breaking news / कोरोनाले विश्वभर ४ लाख २४ हजारभन्दा बढीको मृत्यु

कोरोनाले विश्वभर ४ लाख २४ हजारभन्दा बढीको मृत्यु

काठमाडौं- विश्वभर कोभिड–१९को सङ्क्रमणका कारण चार लाख २४ हजार सङ्क्रमितको मृत्यु भएको छ ।

विश्वभर हेर्दा अमेरिकामा २० लाखभन्दा बढी २१ लाख १७ हजारभन्दा बढी सङ्क्रमित रहेका छन् भने अमेरिकामा मृत्यु हुनेको सङ्ख्या एक लाख १६ हजार ८४० पुगेको छ ।

त्यसैगरी सङ्क्रमितका हिसाबले रूस, भारत र बेलायत क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका छन् । रूसमा सङ्क्रमितको सङ्ख्या पाँच लाख २० हजारभन्दा बढी पुगेको छ भने छ हजार ८२९ को मृत्यु भएको छ ।

भारतमा तीन लाख १० हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित रहेको पुष्टि भएको छ भने भारतमा शनिबारसम्ममा आठ हजार ८९५ जनाको मृत्यु भएको छ ।

बेलायतमा शनिबारसम्ममा दुई लाख ९२ हजार ९५० व्यक्ति सङ्क्रमित भएका छन् भने बेलायतमा कोभिड–१९ पुष्टि भएका मृतकको सङ्ख्या ४१ हजार ४८१ रहेको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या बढिरहँदा निको हुनेको संख्या पनि धेरै रहेको छ ।

विश्वभर आइतबार विहान समाचार तयार पार्दासम्म कोरोना संक्रमित ४० लाख २१ हजार ८४३ जना निको भएर घर फर्किएका छन् । सबैभन्दा बढी अमेरिकामा ८ लाख ५३ हजार बढी निको भएका छन् । त्यसैगरी ब्राजिलमा ४ लाख २७ हजार बढी निको भएका छन् । रसियामा २ लाख २७ हजार बढी, छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६२ हजार नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*