Home / Feature Breaking news / नक्सा पारित गर्न जस्तै भूमी फिर्ताका लागि पनि एक हुन देउवाको आह्वान
Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

नक्सा पारित गर्न जस्तै भूमी फिर्ताका लागि पनि एक हुन देउवाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियतामा ऐतिहासिक एकता देखिएको भन्दै खुशी व्यक्त गरेका छन्।

संसदमा निसान छापको नेपालको नक्सा सच्याउने पेश भएको संविधान संशोधन विधेकमा बोल्दै देउवाले नक्सा पारित गर्न एक भएजस्तै भूमि फिर्ता ल्याउन पनि सम्पूर्ण नेपालीहरु एक हुने बताए। कुटनीतिक प्रयासबाट भूमि फिर्ता ल्याउन कांग्रेसले विपक्षी दलको हैसियतामा पूर्ण सहयोग गर्ने समेत बताए।

‘म धेरै कुरा नभनिकन यो सम्पूर्ण नेपालीहरु एक भएको र अत्यन्तै महत्वको कुरा हो। यसमा हामी सम्पूर्ण नेपालीहरुको सहयोग छ,’ देउवाले भने, ‘भोलिको दिनमा पनि कुटनीतिक प्रयासबाट फिर्ता ल्याउने कुरामा हाम्रो पार्टीले विपक्षीको भूमिकाका साथै विपक्षी दलको हैसियतले हाम्रो तर्फबाट सपोर्ट हुने जानकारी गराउन चाहन्छु।’

कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले राष्ट्रिय हितको सबालमा सबै नेपाली फेरी पनि एक भएको बताए। नेता देउवाले गुमेको भूमि फिर्ता ल्याउन सरकारलाई सबै नेपाली नागरिकले साथ दिएको भन्दै नेपाली कांग्रेसले त केन्द्रीय समिति र संसदीय दलबाट निर्णयसमेत गरिसकेको बताए।

‘राष्ट्रिय एकता, सार्वभौंमिकता र राष्ट्रिय अखण्डतामा सबै नेपाली एक छौं भन्ने यसले स्पस्ट पारेको छ,’ देउवाले भने ।

 सबै पार्टीहरुको संविधान संशोधनको पक्षमा उभिनु नै खुशीकाे कुरा भएको देउवाको भनाई थियो ।

‘यसमा सबैको समर्थन देखियो। यो हाम्रो नेपालीहरुको राष्ट्रिय एकता नेपालको हितमा देखिएको छ । अत्यन्तै महत्वपूर्ण कुरा छ,’ देउवाले भने, ‘नेपालीहरु जुनसुकै ठाउँमा किन नहुन\ राष्ट्रिय हितका लागि राष्ट्रको सार्वभौंमताका लागि राट्रको अखण्डताका लागि सबै एक छौं भन्ने कुरा स्पस्ट भएको छ। त्यसैले म सबैदलका साथिहरुलाई धन्यवाद दिन चाहन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*