Home / Feature Breaking news / आठ दिनमा २ हजार २६५ जना कोरोना संक्रमीत

आठ दिनमा २ हजार २६५ जना कोरोना संक्रमीत

काठमाडौं । पछिल्लो आठ दिनमा नोभेल कोरोना भाइरसका संक्रमित २ हजार २६५ जना थपिएका छन् । गत जेठ २१ गतेदेखि जेठ २८ गते बुधबारसम्म (आठ दिनमा) २ हजार २६५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत जेठ २० गतेसम्म कोरोना संक्रमितको संख्या २ हजार ९९ थियो ।

जेठ २० गते कोरोना भाइरसको संक्रमण ६१ जिल्लामा देखिएको थियो । पछिल्लो ८ दिनमा बढेर संक्रमण ७२ जिल्लामा पुगेको छ ।

जेठ २० गतेसम्म कोरोना भाइरसको संक्रमण निको भएर २६६ जना घर फर्किएका थिए । पछिल्लो आठ दिनमा कोरोना निको भएर ४०८ जना घर फर्किएका मन्त्रालयले जनाएको छ । कोरोना निको हुनेको संख्या अहिले ६७४ पुगेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट १५ जनाले ज्यान गुमाएका छन् । तर, पछिल्लो आठ दिनमा ७ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १ महिला र ६ पुरुष छन् । जसमा पाल्पाका ४५ वर्षका पुरुष, सुर्खेतका १८ वर्षका पुरुष, दोलखाका ७६ वर्षका पुरुष, धनगढीकी ५५ वर्षकी महिला, डोल्पाका ५८ वर्षका पुरुष, स्याङ्जाका ५८ का पुरुष र चिवतनका ६८ वर्षका पुरुष रहेका छन् ।

२१ गतेदेखि हाल (२८ गते) सम्म कुन दिन कति जना कोरोना संक्रमित थपिए ?

गत जेठ २१ गते कोरोना भाइरसको संक्रमण २०१ जना देखिएको थियो । गत जेठ २२ गते कोरोना  संक्रमण ३३४ जना र जेठ २३ गते २७८ जना थपिएका छन् ।

त्यसैगरी, जेठ २४ गते ३२३ जना, जेठ २५ गते २१३ जना, २६ गते ३१४ जना, जेष्ठ २७ गते ३२३ जना र  जेठ २८ गते (आज) २७९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नयाँ २७९ जना कोरोना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*