Home / Feature Breaking news / मनपरी ढंगले गरिएका नियुक्ति अमान्य : प्रजातन्त्रवादी प्राध्यापक संघ

मनपरी ढंगले गरिएका नियुक्ति अमान्य : प्रजातन्त्रवादी प्राध्यापक संघ

दाङ, २८ जेठ । त्रिभुुवन विश्वविद्यालयका पदाधिकारीहरुले सरकारले लकडाउन घोषणा गरेको समयमा विश्वविद्यालयका रिक्त पदहरुमा गरेका नियुक्तहरु आफुलाई मान्य नहुने नेपाल प्रजातन्त्रवादी प्रध्यापक संघले जनाएको छ ।
महेन्द्र बहुमुखी क्याम्पस घोराहीका प्रमुखमार्फत त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई बुधवार विरोधपत्र पठाउदै संघले निश्चित एवम् पारदर्शी मापदण्ड विपरीत मनपरी ढङ्गले भागवण्डा लगाउँदै रिक्त पदहरुमा गरेको नियुक्ति प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, महेन्द्र बहुमुखी क्याम्पस दाङ इकाइ समितिले नमान्ने समेत जनाएको छ ।

p
प्रजातन्त्रवादी प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस इकाइ समितिका अध्यक्ष सुधिर पोख्रेलद्धारा हस्ताक्षरित विरोध पत्रमा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयमा नियुक्तिको नाम लिएर हाल नेकपाभित्रका गुटउपगुटमा भइरहेकको भागबण्डाको विरुद्धमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले सशक्त विरोध गर्दै आइरहेको छ ।

विश्वविद्यालयप्रति सकारात्मक सोच राखेर हाम्रो संगठनले लिएको अडानप्रति प्रजातन्त्रपादी प्राध्यापक संघ नेपाल मेहेन्द्र बहुमुखी क्याम्पस, दाङ इकाइ समितिले पूर्ण समर्थन र ऐक्यवद्धता प्रकट गर्दछ ।’

विभिन्न क्याम्पसहरुमा भएका यस्ताखाले नियुक्तिको विरोध गर्दै महेन्द्र बहुमुखी क्याम्पस दाङमा यस्ताखाले कुनै पनि गतिविधि नगर्न समेत संघले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*