Home / Feature Breaking news / राप्ती नदिमा पार्किङ गरी राखेका चार स्काभेटरमा आगजनी

राप्ती नदिमा पार्किङ गरी राखेका चार स्काभेटरमा आगजनी

दाङ,२६ जेठ । दाङको देउखुरीमा अज्ञात समूहले चार वटा स्काभेटरमा आगजनी गरेको छ । देउखुरीको कालाकाटे–गढवा हुलाकी सडक खण्ड निर्माणमा प्रयोग भएका बज्रगुरु कन्ट्रक्सन प्रालिका चार वटा स्काभेटरमा आइतवार राती आगजनी भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख भरतसिंह राठोरले जानकारी दिएका छन् ।

गढवा गाउँपालिका–१ जेठानगाउँ स्थीत राप्ती नदिमा पार्किङ गरि राखेका बा २ क ३१४८, बा २ क २२७१, बा २ कक ४४८२ र एउटा अनटेष्ट स्काभेटरमा आगजनी गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राठोरले जानकारी दिए । आगजनीबाट ४ करोड बढिको क्षेती भएको प्रहरीले जनाएको छ ।

रातको करिव १२ देखि १ बजेको समयमा आगजनी भएको हुन सक्ने प्रमुख राठोरले जानकारी दिएका छन । आगजनीबाट स्काभेटर पूर्ण रुपमा जलेर नष्ट भएका छन । स्काभेटरमा आगजनी गर्ने समूहको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ । केही दिन पहिले गुहारखोलामा पनि एउटा स्काभेटरमा आगजनी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*