Home / Feature Breaking news / पछिल्लो २४ घण्टामा नेपालमा ३३४ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ३३४ कोरोना संक्रमित थपिए

काठमाडौँ, २२ जेठ

नोभेल कोरोना भाइरसका ३३४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३३४ संक्रमित थपिएका छन् ।  उनले पछिल्लो २४ घण्टामा कोरोना संक्रमण देखिनेमा १५ जना महिला र ३१९ जना पुरुष रहेका बताए  । देशका २१ वटा ल्याबबाट कोरोना भाइरसको परीक्षण गरिँदै आएको उनले जानकारी दिए ।

उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण देखिएको छ । उनी सुन्दरहरैचाका २४ वर्षका पुरुष रहेका छन् ।  नारायणी अस्पतालमा गरिएको परीक्षणमा १ जनामा कोरोना देखिएको छ । उनी पर्सा पोखरियाका १५ वर्षकी बालिका रहेकी छिन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण देखिएको छ । झापा भद्रपुरको क्वारेन्टाइनमा रहेका ३ जना २० देखि ५६ वर्षका पुरुषहरु हरेका छन् ।  ताप्लेजुङ स्थायी घरभइ हाल बक्राहा सुनसरी क्वारेन्टाइनमा रहेका २५ वर्षका पुरुष,मोरङ स्थायी घर भएका तर हाल सुनसरी बक्राहा क्वारेन्टाइनमा रहेका ३० वर्ष पुरुषको पनि कोरोना पोजेटिभ देखिएको छ ।

सप्तरी राजविराज, हनुमाननगर, कङ्‌कालिनी, छिन्मस्ता र शम्भुनाथ क्वारेन्टाइनमा रहेका १३ जना रहेका छन् । उनीहरु १७ देखि ४८ वर्षका पुरुष रहेका मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा ९ जनाको कोरोना पोजेटिभ देखिएको छ । सात जना बारा आर्दश क्वारेन्टाइनमा रहेका ३० वर्षकी महिला र १२ वर्षका बालकदेखि ३० वर्ष उमेरसमुहका पुरुष रहेका छन् । सिन्धुली कमलामाई २३ वर्षका पुरुष र रौतहटका १८ वर्षका पुरुषमा कोरोना देखिएको छ ।

त्यसैगरी,पोखरा स्वास्थ्य विज्ञान प्रथिष्ठनको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनाको कोरोना पोजेटिभ आएको छ । जसमा म्याग्दी मंगलागाउँपालिका १९ वर्षका पुरुष,बाग्लुङ निसिखोला, गाउँपालिका १० जना रहेका छन् ।

उनीह्रुमा १ जना ३३ वर्षकी महिला  र १६ देखि ३३ वर्षका  ९ जना पुरुष रहेका छन् । पर्वतका ४ जना विहाटी गाउँपालिका र फलेबास नगरपालिका रहेका छन् । उनीहरु २१ देखि २८ वर्ष उमेर समूहका पुरुष रहेका छन् । स्याङजा कालिगण्डकीका १ जना १८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै,सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको कोरोना पोजेटिभ देखिएको छ । उनीहरु डोटी दिपायल सिलगढी ,पुर्वीचौकी गाउँपालिका २ का ३५ वर्षकी एक महिला २५र २७ वर्षका पुरुष रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा नेपालगन्‍ज उपमहानगरपालिका र जानकी गाउँपालिका १५ देखि ३५ वर्ष उमेर समुहका सबै पुरुष रहेका छन् ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा  १७ जनामा कोरोना देखिएको छ । उनीहरु कपिलबस्तु कृष्णनगरका १७ देखि ५२ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका परीक्षणमा १५ जनामा कोरोना पोजेटिभ आएको छ । दाङको राजपुर गाउँपालिका,बगलाचुली गाउँपालिका,घोराही उपमहानगरपालिका रबंगही नगरपालिका रहेका छन् । जसमा एक जना २३ वर्षकी महिला र १६ देखि ३६ वर्ष उमेर समुहका १४ जना पुरुष रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनको प्रयोगशालमा गरिएको परीक्षणमा १०६ जनामा कोरोना संक्रमण देखिएको छ । मुगुका २७ वर्षका पुरुष र दैलेखका १०५ जना रहेका छन् । दैलेखको नारायण नगरपालिका, देवलपट्टीसोता, मन्तापुरा र बसपुरभवानीका रहेका छन् ।

उनीह मध्ये एक ५ वर्षिया बालिकासहित ३२ वर्ष उमेर समुहका ५ जना महिला र ४ वर्षका बालकदेखि ५५ वर्ष उमेरसमुहका अन्य एक सय पुरुष रहेका छन् ।
कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु झापा कचनाकवलका २ जना १७ र २५ वर्षका उमेरका पुरुष र खोटाङ् हलेसीका ३ जना २१ देखि ४५ वर्षका पुरुष रहेका छन् ।

प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा  ८ जना पोजेटिभ आएको छ । उनीहरु दैलेखको नारायण नगरपालिका र नौमुले नगरपालिकाको २ वर्षका बालकदेखि ३६ वर्षका पुरुष रहेका छन् ।

यस्तै,राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९३ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिने ९३ जनामा बारा महागढीमाई नगरपालिका विश्रामपुर गाउँपालिका र सुर्वण गाउँपालिका ५ जना१९ देखि ३२ वर्षका पूरुष,धनुषा जनकपुरका ६ जना,३० बर्षिया महिला र ३३ र ३७ वर्षका पुरुष रहेका छन् ।

कपिलवस्तुको ओडरी मावि,जनचेतना मावि,यशोधरा क्वारेन्टाइनमा रहेका १२ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमा २६ वर्षकी एक महिला र२१ देखि ४८ वर्षका पुरुषहरु रहेका छन् । महोत्तरीका ३ जना रहेका छन् । उनीहरु भगंहा नगरपालिका १९ देखि ३६ वर्षका पुरुष रहेका छन् ।

रौतहटका ६४ जनामा कोरोना देखिएको छ । उनीहरु गढीमाई र दुर्गाभवतीका ६ महिनाकी शिशुसहित ३ जना महिला रहेका छन् । भने ८ वर्षका बाालकसहित ४५ वर्ष उमेर समुहका अन्य ६१ जना पुरुष रहेका छन् । सलार्हीका १९ देखि ४० वर्षका उमेर समुहका ३ जना पुरुष रहेका मन्त्रालयले जनाएको छ ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ । जसमा दुई हजार ४५० जना पुरुष र १८४ जना महिला रहेका छन् । नेपालमा कोरोना भाइरसबाट १० जनाको मृत्यु भएको छ । कोरोना निको हुनेको संख्या पनि २९० पुगेको छ । ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा तीन हजार ८६७ वटा नमुना संकलन गरेर परीक्षण गरिएको उनले जानकारी दिए । १ लाख ६१ हजार २६२ जना आज क्वारेन्टाइनमा रहेका छन् ।

हालसम्म देशभर पीसीआर विधिबाट ८४ हजार १३४ जनाको कोरोना परीक्षण गरिएको छ । त्यसैगरी एक लाख २५ हजार ५६४ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न अस्पतालका आइसोलेनसमा दुई हजार ३३५ कोरोना संक्रमितको उपचार भइरहेको छ ।

हालसम्म देशभरका विभिन्‍न अस्पतालबाट २९० जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये २३४ पुरुष रहेका छन् भने ५६ जना महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । संक्रमण निको भएर डिस्चार्ज हुनेमा कलैया अस्पतालबाट ७ जना र नारायणी अस्पतालबाट ५ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*