Home / Feature Breaking news / निसर्ग चक्रवातको प्रभाव नेपालमा, मध्यमदेखि भारी वर्षा हुने

निसर्ग चक्रवातको प्रभाव नेपालमा, मध्यमदेखि भारी वर्षा हुने

काठमाडौँ, २२ जेठ ।

दक्षिण-पूर्वी अरब सागरमा १ जुनदेखि विकसित भएको निसर्ग तुफानको प्रभाव नेपालमासमेत पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार भारतको महाराष्ट्रको तटीय क्षेत्रमा ठोक्किएको तुफानले आफ्नो चरम अवस्था १०० देखि १२० किलोमिटर प्रतिघण्टाको गति पार गरेर कमजोर बनिरहेको छ ।

महाशाखाका अनुसार निसर्ग कमजोर भएर उत्तरपूर्वतिर बढ्दै छ । यसका कारण देशका सातै प्रदेशमा मौसम पूर्ण बदली भई सातै प्रदेशमा वर्षाको सम्भावना रहेको छ । महाशाखाले ट्विटमार्फत् भनेको छ, “न्यून चापीय क्षेत्र (‘निसर्ग’ कमजोर भएर बनेको) उत्तरपूर्व तिर बढ्दैछ । यसको कारणले देशका सातै प्रदेशमा पूर्ण बदली रहेको छ । बागमती, प्रदेश २ र प्रदेश १ मा मध्यम वर्षा हुने सम्भावना छ । यी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा समेत हुन सक्छ ।

शनिबार पनि अधिकांश स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा हुने, १-२ स्थानहरुमा भारी वर्षा समेत हुने र उच्च हिमाली भू-भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै नदीमा पानीको बहाव बढ्न सक्ने, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने र पहाडी भू-भागमा पहिरोको समेत जोखिम रहेको जनाइएको छ ।

एक सय वर्षपछि पहिलो पटक शक्तिशाली तुफान निसर्ग विकसित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*