दाङ, २१ जेठ ।
दाङको घोराही–लमही सडक खण्डमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
घोराहीबाट लमहीतर्फ जादै गरेको पीवी ०५ डब्लु ०७७३३ नम्वरको भारतीय ट्रक बुधवार घोराही–लमही सडक खण्डको मुसोट खोलामा खस्दा ट्रक चालकको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा भारत घर भएका चालक करिव ५२ वर्षीय बलदेव सिंह रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले जानकारी दिएको छ । मुसोटको माथिल्लो घुम्तीबाट उक्त ट्रक झण्डै दुई सय मिटर तल खोलामा खसेको थियो ।
मृतक चालक सिंहको शबलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ । ट्रकका सहचालक अवतार सिंह सम्पर्क विहिन रहेको प्रहरीले जनाएको छ ।