Home / Feature Breaking news / कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेकाे संख्या ९ पुग्याे

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेकाे संख्या ९ पुग्याे

दाङ, २१ जेठ ।

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एकजनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा दोलखाका ७६ वर्षीय पुरुष रहेका छन् ।

हेमोरेजिक स्ट्रोक (मष्तिष्कघात) भएपछि गत जेठ १३ गते काठमाडौं मेडिकल कलेजमा उपचाररत थिए । उनले जेठ १५ गते स्वाब परीक्षण गरिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा सिफ्ट गरिएको थियो । त्रिवि शिक्षण अस्पतालमा रहेका उनको बुधबार बिहान निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन ।

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

देशरभ कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २०१ जना कोरोना संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*