Home / Feature Breaking news / दरबार हत्याकाण्डको १९ वर्ष पूरा

दरबार हत्याकाण्डको १९ वर्ष पूरा

दाङ, १९ जेठ

दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा भएको छ । तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि आजभन्दा ठीक १९ वर्ष अघि २०५८ जेठ १९ गते उनी र उनको परिवारको हत्या भएको थियो ।

दरबार हत्याकाण्डका मख्य दोषी तत्कालिन युवराज दीपेन्द्र शाहलाई हुन् भनिए पनि आम जनमानसले अहिलेसम्म त्यसलाई पत्याएका छैनन् ।

सरकारले हत्याकाण्डको छानविन गर्न गठन गरेको समितिहरुले दीपेन्द्रले केही समययता भएको पारिवारिक विवादका कारण बाबुआमा, भाई र बहिनीसमेतमाथि गोली चलाएर आफु स्वयंले आत्महत्या गरेको निष्कर्ष निकालेको थियो ।

उक्त काण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत गरि १० जनाको हत्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*