Home / Feature Breaking news / दाङमा थप ९ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमीत संख्या ३४ पुग्याे

दाङमा थप ९ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमीत संख्या ३४ पुग्याे

दाङ, १८ जेठ ।

दाङमा आइतबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना पिसिआर परिक्षणमा दाङका ४ पालिकाका ९ जनाका कोरोना संक्रमण भएको पुष्टी भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार तुलसीपुर उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिकाका २, राप्ती गाउँपालिका र लमही नगरपालिकाका १÷१ जनामा कोरोना पुष्टि भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ का २० बर्षीय, १५ का ३२ बर्षीय र १६ का १८,२० र २३ बर्षीय पुरुषमा कोरोनाको सक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन ।

त्यस्तै गरी गढवा गाउँपालिका–६ का ३६ बर्षीय र ७ का २४ बर्षीय पुरुष,लमही नगरपालिका–१ का ४० बर्षीय पुरुष र राप्ती गाउँपालिका–८ का ३६ बर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको उनले जानकारी दिएका छन ।

योसँगै दाङमा संक्रमितहरुको संख्या ३४ पुगेको छ । दाङमा को देखिएका सबै भारतबाट भरखरै मात्र आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*