Home / Feature Breaking news / जाेखीममा प्रहरी: २० जना प्रहरीमा काेरोना संक्रमण

जाेखीममा प्रहरी: २० जना प्रहरीमा काेरोना संक्रमण

काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या २० पुगेको छ । प्रहरीमा लगातार संक्रमितको संख्या थपिँदै जान थालेको छ ।  संक्रमीत प्रहरीको संख्या २० पुगेको हो । प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीले सप्तरीमा एक प्रहरीमा कोरोना संक्रमण देखिएको जानकारी दिए । यसअघि बारामा ७, धनकुटामा २, काठमाडौंमा २, धनुषामा २, कपिलवस्तु २ बाँकेमा २ सप्तरीमा २ जनामा संक्रमण देखिएको थियो ।

संक्रमित सबै प्रहरीलाई आइसोलेसनमा राखिएको छ । फ्रन्टलाइनमा खटिने नेपाल प्रहरीमा जोखिम देखिए पनि प्राप्त स्रोत साधनको प्रयोग गरेर सावधानीपूर्वक काम गरिरहेको बताए ।

यस्तै कालीमाटीका २३१ प्रहरीमध्ये ११६ जनाको आरडीटी परीक्षणको नतिजा नेगेटिभ आएको छ । बाँकी ११५ जनाको रिपोर्ट आउन बाँकी छ ।

कालीमाटी वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त सिल गरिएको छ । संक्रमितको सम्पर्कमा आएका सबै प्रहरी कार्यालयमै क्वारेन्टाइनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*