Home / Feature Breaking news / दाङमा ८ जना कोरोना संक्रमित अस्पतालबाट निको भएर घर फर्किए

दाङमा ८ जना कोरोना संक्रमित अस्पतालबाट निको भएर घर फर्किए

दाङ, १६ जेठ । दाङको बेलझुण्डी स्थीत कोरोना विशेष अस्पतालबाट शुक्रवार ८ जना कोरोना संक्रमित विरामीहरु निको भएर घर फर्किएका छन् । कोरोना विशेष अस्पतालमा जेठ २ गते भर्ना भएका उनीहरु १५ दिनपछि कोरोनालाई जितेर घर फर्किएका हुन् ।

दुईपटकसम्म गरिएको कोरोना परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई शुक्रवार घर पठाइएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्णबहादुर वलीले जानकारी दिएका छन् ।

वलीका अनुसार शुक्रवार निको भएर घरफर्कर्नेहरुमा कपिलवस्तुका ४ जना, बाँकेका ३ जना र दाङको गढवाका एक जनासहित ८ जना छन् । उनीहरुलाई शुक्रवार एक औपचारिक कार्यक्रम गरेर विदाई गरिएको हो ।

कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका ४५ जना मध्य ८ जना निको भएपछि ३७ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । अस्पतालमा रुकुम पूर्व, रुपन्देही, कपिलबस्त , बाँके , दाङ र बर्दियाका रहेका छन् । उपचार गराई रहेका मध्य दुई जना महिला र अन्य पुरुषहरु रहेको वलीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*