Home / Feature Breaking news / नेपालमा कोरोना संक्रमितको संख्या १०४२

नेपालमा कोरोना संक्रमितको संख्या १०४२

दाङ १५ जेठ । नेपालका कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजोको संख्यामा आज १ सय ५६ जना थपिदा संक्रमितका संख्या १ हजार ४२ पुगेको छ । त्यसैगरी मन्त्रालयले ललितपुरमा थप एकजनाको संक्रमणवाट मृत्यु भएको पुष्टि पनि गरेको छ ।

योसंगै मृत्यु हुनेको संख्या ५ पुगेको छ । पछिल्लो तथ्याङक अनुसार सबैभन्दा बढी संक्रमित प्रदेश नं. २ मा ४१५ छन भने प्रदेश नं. ५ मा ३६९ रहेका छन् । सबैभन्दा कम गण्डकी प्रदेशमा १७ जना रहेका छन् । संक्रमित मध्य १८७ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*