Home / समाचार / बाँकेमा नर्स र प्रहरीलाई काेराेना संक्रमण

बाँकेमा नर्स र प्रहरीलाई काेराेना संक्रमण

नेपालगञ्ज, ११ जेठ ।

शनिबार बाँकेमा काेराेना भाइरस भेटिएकामध्ये संक्रमितहरूको सुरक्षाका लागि खटिएका एक सुरक्षाकर्मी र स्वास्थ्यकर्मी रहेकाे खुलेकाे छ ।

नरैनापुर–३ कालाफाँटा प्रहरी चौकीका एक जना प्रहरी र खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्ड खटिएकी नर्समा संक्रमण देखिएको हो । कालाफाँटाको प्रहरी चौकीमा २३ जना प्रहरी कार्यरत छन् ।

शनिबार नरैनापुरमा २७ जनामा कोरोना संक्रमण देखिएको थियो । अन्य सुरक्षाकर्मीहरुको कोरोना रिपोर्ट आउन बाँकी छ । एक जनामा कोरोना पुष्टि भएपछि प्रहरी चौकी सिल गरी अन्यलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै खजुरास्थित आइसोलेसन वार्डमा खटिएकी नर्सलाई पनि आइसोलेसनमा राखिएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए ।

नरैनापुरमा १ सय १४ जनासहित बाँकेमा संक्रमितको संख्या १ सय ४२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*