Home / Feature Breaking news / ४१ जिल्लाका ५ सय ८४ जनामा काेराेना संक्रमण, कुन प्रदेशमा कति ?

४१ जिल्लाका ५ सय ८४ जनामा काेराेना संक्रमण, कुन प्रदेशमा कति ?

कोरोना संक्रमण तथ्यांकमा 


प्रदेश १ 
का ७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । जसमा उदयपुरमा ३३, खोटाङमा १, झापा ३६, धनुकटा ७ भोजपुर १, सुनसरी ३, मोरङमा ५ जना गरी  ८६ जनामा संक्रमण देखिएको छ । जसमा २६ जना उपचारपछि घर फर्किइसकेका छन् ।

प्रदेश २ का आठै जिल्लामा कोरोना संक्रमण देखिएको छ । जसमा धनुषा ९, बारा ११, पर्सा ९१, महोत्तरी ३, रौतहट २२, सप्तरी २, सर्लाही ३३, सिराहामा एकजना छन् । यस प्रदेशमा मात्र कोरोना संक्रमण देखिने कुल संख्या १७२ पुगेको छ । जसमा निको हुनेको संख्या ६ जना छन् ।

वाग्मती प्रदेशका १० जिल्लामा कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौं ११, काभ्रे एक, चितवन ६, धादिङ ३, भक्तपुर ४, मकवानपुर ३, रामेछाप एक, ललितपुर एक, सिन्धुपाल्चोक एक र सिन्धुली एकजना गरी ३१ जनामा संक्रमण देखिएको छ । यस प्रदेशमा निको हुनेको संख्या नौ छ ।

गण्डकी प्रदेशका तीन जिल्ला पूर्वी नवलपरासी दुईजना, लमजुङ १, बागलुङ २ गरी पाँचजनामा संक्रमण देखिएको छ । जसमा दुईजना निको भएका छन् ।

प्रदेश ५ का ६ जिल्लामा २ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ । जसमा देखिने जिल्ला कपिलवस्तु ७७, नवलपरासी ६, बर्दिया ३, बाँके १४२, रूपन्देही ३७ दाङ ५, गरी जम्मा २ सय ७० छन् । गुल्मीका एक संक्रमितको भने मृत्यु भएको छ । जसमा निको हुनेको संख्या २२ जना छन् ।

कर्णाली प्रदेशका दुई जिल्ला दैलेख एक, सुर्खेत तीन गरी चार संक्रमित मात्र छन् । उनीहरू चारैजनाको उपचार भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशका चार जिल्लामा कोरोना संक्रमण देखिएको छ । जसमा कञ्चनपुर १, कैलाली ७, डडेलधुरा १ र बैतडी ५ जना गरी १४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये पाँचजना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*