Home / Feature Breaking news / एउटै गाँउपालिकामा १ सय १४ जना संक्रमीत

एउटै गाँउपालिकामा १ सय १४ जना संक्रमीत

बाँकेको नरैनापुर गाउँपालिकामा शनिबार २७ जनामा संक्रमण पुष्टि भएपछि एउटै पालिकामा संक्रमितको संख्या ११४ पुगेको छ ।

दाङस्थित राप्ती विज्ञान प्रतिष्ठान अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार ठूलो संख्यामा संक्रमित थपिएका हुन् । नरैनापुरस्थित–६ मदरसा, नरैनापुर–३, राष्ट्रिय प्रावि गेगलीमा क्वारेन्टाइनमा बसेका १५ र नरैनापुर–१ राष्ट्रिय प्रावि महतेनीयाको क्वारेन्टाइनमा रहेका ६ जनामा शनिबार संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । व्यवस्थित क्वारेन्टाइन नहुँदा संक्रमण बढेको चिकित्सकले जनाएका छन् ।

शुक्रबार संक्रमित १३ जना भागेपछि सुरक्षाकर्मीले खोजी गरी नेपालगन्ज ल्याउने तयारी गरिरहेका छन् । संक्रमितलाई नेपालगन्ज ल्याउने क्रममा स्थानीयले विरोध जनाउदै आएका छन् । उनीहरूले नरैनापुरमै आइसोलेसन वार्ड बनाउन माग गर्दै आएका छन् ।

क्वारेन्टाइन व्यवस्थापन मापदण्ड २०७६ अनुसार एक सय जना क्वारेन्टाइनमा बसेकाहरूका लागि सुपरीवेक्षणका लागि एमपीएच/एमडी कम्युनिटी मेडेसिन एक, मेडिकल अधिृकत एक, स्वास्थ्य परिचारिका एक, प्यारामेडिक एक, ल्याब टेक्निसियन एक, फार्मसिस्ट (डिफार्म) एक, २४ घण्टा एम्बुलेन्स र तालिम प्राप्त प्यारामेडिक दुई र एम्बुलेन्स चालक एक, फोहोर व्यस्थापनका लागि सफाइ सुपरीवेक्षक एक, सरसफाइ गर्ने कर्मचारी पाँच जना आवश्यक मानिन्छ ।

क्वारेन्टाइनमा बस्ने व्यक्तिले सबैलाई सम्मानजनक व्यवहार र सहयोगी बन्ने, भेदभाव नगर्ने, सुर्तीजन्य तथा मादक पदार्थ सेवन नगर्ने, अभद्र व्यवहार नगर्ने, सभ्य तथा शोभनीय पोसाक लगाउने, नकारात्मक गतिविधि, होहल्ला नगर्ने, तोकिएको स्थानमा मात्र रहने, अरुलाई बाधा नगर्ने, बाह्य व्यक्तिलाई नजिक आउन नदिने, क्वारेन्टाइनमा बस्ने व्यक्ति भाग्न लागेको जानकारी पाएमा तुरुन्त सम्बन्धित निकायलाई खबर गर्ने, समझदारी अनुसार सुविधा उपभोग गर्ने लगायत मापदण्ड तोकिएको छ । मापदण्ड अनुसार खोक्दा वा हाछ्यु गर्दा नाक मुख छोप्ने र छोप्न लगाउने, सामाजिक दूरी कायम गर्ने लगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*