Home / Feature Breaking news / बाँके र बर्दियामा थप २८ कोरोना संक्रमित

बाँके र बर्दियामा थप २८ कोरोना संक्रमित

दाङ, १० जेठ ।

प्रदेश नं. ५ को बाँके र बर्दिया जिल्लामा थप २८ जना कोरोना संक्रमति फेला परेका छन ।

दाङको घोराही स्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा बाँकेका २७ जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्ट्रार कैलाश देवले जानकारी दिएका छन ।

रजिष्ट्रार देवका अनुसार बाकेको नरैनापुर मदरासाका ५४ जनाको परिक्षण गरिएकोमा १७, ३२, २०, १९ र २० बर्षीय पुरुष ६ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस मध्य एक जनाको उमेर खुलेको छैन ।

त्यस्तै बाँकेको राष्ट्रिय प्रावि स्कुल गेगलीमा बसेका ५५ जनाको स्वाव परिक्षण गरिएकोमा १५ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

जसमा नरैनापुर–३ का २७,२१,२१,२०,३०,३०,३२,३१,३०,१६,१९,२१,२०,१८ र २३ बर्षीया पुरुष र शनिवार २८ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

राष्ट्रिय प्रावि स्कुल महातानियामा बसेका ६८ जना मध्य ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा नरैनापुर गाउँपालिका वडा नं. १,२ र ३ का ३६,२२,२८,२६,२८ र ५० बर्षीया पुरुष र बर्दिया जिल्लाको बढैया ताल निवासी ३० जनाको नमूना संकलन गरि गरिएको परिक्षणका क्रममा एक जनामा कोरोना पोजिटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

जसमा बर्दियाको बढैया ताल–७ निवासी १९ बर्षीय पुरुष रहेका छन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिवार दाङ, बाँके, बर्दिया र कपिलबस्तु जिल्लाबाट संकलन गरिएका ३९४ जनाको स्वाव परिक्षण गरिएको थियो । जसमा ३६६ जनाको नेगेटिभ र २८ जनाको पोजिटिभ देखिएको हो ।

प्रतिष्ठानमा हालसम्म १६४४ जनाको नमूना संकलन गरिएको छ भने ११५८ को रिपोर्ट परिक्षण गरिएको प्रतिष्ठानले जनाएको छ । जसमा ११२७ जनाको रिपोर्ट नेगेटिभ र ३१जनाको रिपोर्ट पोजिटिभ देखिएको प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्टार देवले जानकारी दिएका छन । उनका अनुसार ४ सय ५० परिक्षणका क्रममा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*