Home / Feature Breaking news / दाङमा थप १ जनामा कोरोना पुष्टि

दाङमा थप १ जनामा कोरोना पुष्टि

दाङ, ८ जेठ । जिल्लामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । राप्ती सवास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परिक्षणमा घोराही उपमहानगरपालिकाले सचालन गरेको कुइरेपानी क्यारेन्टाइनमा बसेका एकजनामा कोरोना पुष्टि भएको हो ।

घोराही उपमहानगरपालिका ३ का ३७ वर्षीया पुरुषको कोरोना रिपोर्ट पोजेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु रजिष्टार कैलाशप्रसाद देवले जनाएका छन् । उनलाई आइसोलेसनमा लैजाने तयारी भएको प्रतिष्ठानले जनाएको छ । यसअघि गढवा गाउँपालिकाका २ जनामा कोराना पुष्टि भएको थियो । दाङ घर भै हाल काठमाडौ र काभ्रेमा रहदै आएका २ जनामा कोरोना पुष्टि भएको थियो । जिल्लाबाहिर बस्ने सहित दाङका ५ जनामा कोरोरा संक्रमणको पुष्टि भएको छ । संक्रमित मध्य २ जनाको कोराना विशेष अस्पताल बेलझुण्डी, एक जनाको धुलीखेल र एक जनाको शिक्षण अस्पतालमा उपचार भैराखेको छ ।

रोल्पा, लमही, तुलसीपुर, घोराही उपमहागरपालिका र सल्यानका गरेर ६९ जनाको पिसिआर परिक्षण गर्दा १ जनाको पोजिटिभ आएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अुनसार विहीवारसम्म १ हजार ५४ जनाको नमुना संकलन भएकोमा ७ सय ६४ जनाको परिक्षण भएको छ । परिक्षण मध्य ७ सय ६१ जनाको कोरोना नेगेटिभ, ३ जनाको पोजिटिभ र २ सय ९० जनाको नुमना परिक्षणमा रहेको प्रतिष्ठानले जनाएको छ ।

यसैविच मुलकभर कोरोना भाइरस संक्रमितको संख्या ४ सय ५४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*