Home / Feature Breaking news / कस्ताे मन्त्रालयले कोरोना परीक्षण गर्न पाउने र कति शुल्क लिने भन्‍ने कार्यविधि बन्दैछ: मन्त्रालय

कस्ताे मन्त्रालयले कोरोना परीक्षण गर्न पाउने र कति शुल्क लिने भन्‍ने कार्यविधि बन्दैछ: मन्त्रालय

काठमाडौ । पीसीआर विधिबाट स्वेइच्छाले कोरोना परीक्षण गर्न चाहनेका लागि कति शुल्क लाग्‍ने भनेर मूल्य निर्धारण नगरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार विभिन्‍न समाचारमाध्यम र सामाजिक सञ्‍जालमा १५ हजार शुल्क तोकिएको भन्दै गरिएका पोस्टहरुको खण्डन गर्दै यस्तो बताएका हुन् ।

“जसलाई छिटो परीक्षण गर्ने इच्छा छ र जो लाइनमा बस्‍न चाहँदैनन् । उनीहरुलाई शुल्क तिरेर कोरोना परीक्षण गर्न खुला गरिएको हो । तर त्यो पीसीआर विधिबाट गरिने परीक्षण शुल्क कति भन्‍ने विषय यकिन भइसकेको छैन । मन्त्रालयले मूल्यमा एकरुपता गरेर निर्धारण गर्नेछ,”उनले भने ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेका मापदण्ड पूरा गरेका सार्वजनिक स्वास्थ्य संस्थाहरुले पीसीआर परीक्षण गर्दा शुल्क लिन पाउने उनले मंगलबार बताएका थिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले सार्वजनिक अस्पतालभित्र पनि मापदण्ड पूरा भएका कस्ता अस्पताललाई दिने भनेर कुनै निर्णय नभएको बताइन् ।

उनले भनिन्, “अहिलेसम्म सार्वजनिक अस्पताललाई दिने नितिगत निर्णय मात्र भएको हो तर सार्वजनिक अस्पतालभित्र पनि कस्ता अस्पताले दिने भनेर कुनै निर्णय भएको छैन् ।”

मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले हालसम्म कोरोनाको पीसीआर परीक्षणका लागि शुल्क निर्धारण नभएको जानकारी दिए । उनले नितिगत निर्णय मात्र भएको हो तर शुल्क निर्धारण नभएको बताए । पहिला कार्यविधि बनाएर त्यसपछि शुल्क निधारर्ण गरिनेसमेत मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका आईसीएस संयोजक डा. गुणराज लोहनीले सार्वजनिक अस्पताल भनेको सरकारी अस्पताल रहेको स्पष्ट पारे । उनले कोरोना परीक्षण गर्न इच्छा भएकाहरुलाई परीक्षणको दायरा बढाउन अन्य सरकारी अस्पताललाई दिने निर्णय भएको, तर कस्तालाई दिने भनेर कार्य विधि बनिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*