Home / Feature Breaking news / राहतका लागि किनेको चाम गुणस्तरहिन, गोदाम सिल

राहतका लागि किनेको चाम गुणस्तरहिन, गोदाम सिल

दाङ,६ जेठ । दाङकोे एक सामुदायिक वनले लमहीबाट राहत बाँडनका लागि खरिद गरेको चामल कुहिएको खान नमिल्ने परेपछि उपभोक्ताले फिर्ता गरेका छन् । देउखुरीको राजपुर गाउँपालिका–७ बनकट्टीका स्थानीयलाई राहत वितरणका लागि लगिएको चामल गुणस्तरहिन भएको भन्दै फिर्ता गरिएको हो ।

लमहीको आर।के।सप्लायर्सले विक्री गरेको पहेलो बोरामा चन्दन लेखिएको चामल गुणस्तरहिन भेटिएको हो । उक्त सप्लायर्सबाट राजपुर–७ मा रहेको भयरथान सामुदायिक वनले उपभोत्तालाई राहत वितरण गर्नको लागि १ सय ६४ बोरा चामल लगेकोमा १ सय ३२ बोरा चामल कुहिएको परेको सामुदायिक वनका अध्यक्ष चेतबहादुर वलीले जानकारी दिएका छन । ‘विक्रेताले चामल देखाउदा सेतो बोराबाट देखाएका थिए, तर हामीलाई सेतोसँंगै पहेँलो बोराको चन्दन नाम नागरेको चामल दिएका थिए’,अध्यक्ष वलीले भने,‘देखाउदा राम्रै थियो,तर तर वितरण गर्दा कुहिएको भेटियो ।’ वन समूहले एक हजार एकसय २५ रुपैयाँ प्रति बोरा मुल्यमा चामल किनेको थियो ।

राहतका लागि किनिएको चालम कुहिएको भेटिएपछि लमहीमा रहेको आर।के।सप्लायर्सले चन्दन जातको चामल राखेको गोदाम सिल गरिएको छ । ‘गोदाम सिल गरेर थप अनुसन्धानको काम भैरहेको छ’, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले,‘कहिउको चामल जानिजानी विक्रि भएको भए, व्यवसायीलाई कारवार्हीका लागि सहयोग गर्छौ ।’ चामल फिर्ता गराउन र आउन जाने दुवानी क्षेतीपुर्ती स्वरुप उपलव्ध गराउन सप्लायर्सको प्रोपाइटर तयार भएको समेत अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन ।

प्रोपाइटर आनन्द गुप्ता र इन्द्रमणि खनालले चामल आफुहरुले नहेरेको कारण समस्या भएको बताएका छन् । विरगंजबाट ल्याइएको उक्त चामल आफुले अबदेखि बिक्री नगर्ने भन्दै उपभोक्तालाई क्षेतीपुर्ती उपलव्ध गराउन आफुहरु तयार रहेको समेत बताएका छन । आर।के। सप्लायर्स इन्द्रमणि खनाल र आनन्द गुप्ताले सयुक्त रुपमा संचालन गरेका छन । अहिले उक्त सप्लायर्समा रहेको ४२ बोरा चामल र फिर्ता आएको एक सय ४२ बोरा गरी एक सय ८४ बोरा चामल सहितको गोदामलाई सिल गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*