Home / Feature Breaking news / कोरोनाबाट मृत्यु भएकी महिलाकाे शिशुसहित परिवारकाे रिपोर्ट नेगेटिभ

कोरोनाबाट मृत्यु भएकी महिलाकाे शिशुसहित परिवारकाे रिपोर्ट नेगेटिभ

काठमाण्डौ – नोवल कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाएकी सुत्केरी महिलाको शिशु र परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर-९, राम्च घर भएकी सुत्केरीको गएको बिहीबार ज्यान गएको थियो । तर सरकारले भने शनिबार मात्रै पुष्टि गरेको थियो ।
सुत्केरीलाई सङ्क्रमण भएपछि गाउँ सिल गरी त्यहाँका बासिन्दाको स्वाब संकलन गरिएको  छ । ५५ जनाको थ्रोट स्वाब संकलन गरिसकेको र बाँकीको स्वाब संकलन आज पनि भइरहेको वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डाक्टर नारायण कार्कीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*