Home / समाचार / लकडाउनमा शिक्षक निकालिएको घट्नाप्रति हिस्टान दाङको गम्भीर ध्यानाकर्षण

लकडाउनमा शिक्षक निकालिएको घट्नाप्रति हिस्टान दाङको गम्भीर ध्यानाकर्षण

दाङ, ४ जेठ ।

गंगा माध्यमिक विद्यालय रामपुर दाङले लकडाउनका क्रममा शिक्षकलाई निकालेको घट्नाप्रति हिस्टान दाङले संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यालयको माध्यमिक तह साविक उच्च मा. वि (+ २) मा अध्यापनरत शिक्षकद्वय सन्तोष सुवेदी र वविता रेग्मीलगायत चार जना शिक्षकहरूलाई विद्यालयबाट अवकाश दिने विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयप्रति माध्यमिक विद्यालय शिक्षक यूनियन नेपाल (हिस्टान) जिल्ला समन्वय समिति दाङले आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएको छ ।

हिस्टानका जिल्ला अध्यक्ष केदारराज पाठकले आइतवार एक प्रेस विज्ञप्ति प्रकाशित गरि विद्यालयमा निरन्तर १० वर्षदेखि कुसललतापूर्वक अध्यापनरत शिक्षकलाई कार्यसम्पादन राम्रो नभएको भन्ने निराधार तथा कपोकल्पित आरोप लगाई अवकाश दिनु अत्यन्त गलत कार्य भएको बताएका हुन ।

उनले विश्वभरि कोविड – १९ रोगकोमहामारी फैलिएर देशमा लकडाउन भएको सङ्कटग्रस्त अवस्थामा शिक्षकलाई अवकाश गरी पेशागत अधिकारबाट बन्चित गर्नेे अमानवीयकार्य प्रति माध्यमिक विद्यालय शिक्षक यूनियन दाङ खेद व्यक्त विज्ञप्तिमा भनिएको छ ।

‘शिक्षकलाई लामो समयसम्म काम लगाई विभिन्न बहानामा हटाउने र प्रतिशोध साध्ने जस्ता कार्यबाट आम शिक्षक हतोत्साही हुने भएकाले समस्त शिक्षा क्षेत्रमा यसको गम्भीर दीर्धकालीन असर पर्ने सर्वविदितै छ’,पाठकद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘ यस्तो, अमानवीय, शिक्षा विरोधी कार्यप्रति यस सङ्गठनले घोर भत्र्सना गर्दै उक्त निर्णयलाई सच्चाएर निज शिक्षकहरूलाई यथास्थानमा पुर्नस्थापना गर्नजोडदार माग गर्दछ । ’

साथै आगामी दिनमा साविक उच्च मा. वि तहका शिक्षकहरूको पेशागत हक, हित र सुरक्षाको लागि एकताबद्ध भई र आवश्यक परे सङघर्षलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*