Home / Feature Breaking news / संकटलाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न सकेन- सचेतक देवकोटा

संकटलाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न सकेन- सचेतक देवकोटा

दाङ, ४ जेठ ।

राष्ट्रियसभामा नेपाली कांग्रेसकी सचेतक अनिता देवकोटाले नीति तथा कार्यक्रमले अहिलेको संकटलाई सम्बोधन गर्न नसकेको बताएकी छिन् ।

राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा बोल्दै सचेतक देवकोटाले नीति तथा कार्यक्रम जनअपेक्षा अनुसार नभएको बताइन् ।

‘जनताले अपेक्षा गरे अनुसारको नीति तथा कार्यक्रम सरकारले ल्याउन सकेन’,सचेतक देवकोटाले भनिन्,‘ कोरोना महामारीविरुद्ध नीति तथा कार्यक्रम आउनुपर्ने थियो तर आउन सकेन ।’ सरकारको नीति तथा कार्यक्रम कोरोना विरुद्धको हामारीमा नियन्त्रणमा केन्द्रित हुनुपर्ने उनको भनाई थियो ।

सचेतक देवकोटाले भनिने–‘रोग र भोकले अत्तालिएका श्रम गरेर बसेका नागरिकहरूले आफ्नो राहत र उद्धार गर्छ भनेर बसेका थिए । तर, सरकारले राहत र उद्धारका कार्यक्रम ल्याउन सकेन ।’

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै उनले घटनाको छानविन र दोषीलाई कारबाहीको साटो सरकार बचाउमा लागेको भन्दै आक्रोश पोखिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*