Home / Feature Breaking news / काेराेना संक्रमीत युवा ओसारपसार गर्ने एम्बुलेन्स चालक क्वारेनटाईनमा

काेराेना संक्रमीत युवा ओसारपसार गर्ने एम्बुलेन्स चालक क्वारेनटाईनमा

दाङ, ३ जेठ
दाङकाे गढवाका काेराेना संक्रमीत युवाहरूलाई अाेसारपसार गर्ने दुई जना एम्बुलेन्स चालकहरूलाई क्वारेनटाइनमा राखीएकाे छ ।

भारत हुँदै कपिलवस्तुबाट ल्याउने एम्बुलेन्समा चालक र उनीहरूलाई लमही क्वारेनटाइनमा लैजाने अर्काे एम्बुलेन्सका चालकहरूलाई क्वारेनटाइनमा राखीएकाे गढवा स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो ।
गढवा गाउँपालिका ४ र ५ का ३६ र २३ वर्षका सङ्क्रमीत युवाहरू भारतको गोरखपुर र मुम्बइबाट फर्किएका व्यक्ति हुन् ।

कृष्णनगरबाट एम्बुलेन्सबाट गढवा ल्याइएको र गढवाबाट स्वाब संकलनका लागि फेरि अर्को एम्बुलेन्सबाट लमही क्वरेण्टीनमा लगिएको थियाे ।
दुवै एम्बुलेन्स चालकलाई क्वरेण्टीनमा राखिएको र आज स्वाब संकलन गरेर परीक्षणको लागि पठाइने चौधरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*