Home / Feature Breaking news / लकडाउनमा निष्काशित शिक्षकहरुद्वारा मानवअधिकार आयोगमा निवेदन

लकडाउनमा निष्काशित शिक्षकहरुद्वारा मानवअधिकार आयोगमा निवेदन

दाङ । गंगा माध्यमिक विद्यालय रामपुर दाङले अवकाश दिएका शिक्षकहरुले न्यायको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् ।

सरकारले लकडाउन घोषणा गरेको समयमा विद्यालय व्यवस्थापन समितिले बैशाख १ गतेदेखि लागु हुने गरी चारजना शिक्षकलाई अवकाश दिने निर्णय गरेको थियो । नेपाल सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाको बर्खिलाप हुने गरी लकडाउनकै बीच विद्यालयले अवकाश दिएको निवेदनमा उल्लेख गरिएको छ ।

“सरकारले लकडाउन घोषणा गरेको संकटको अवस्थामा आफूहरुसँग कुनै पनि मौखिक तथा लिखित सम्पर्कविना नै अकस्मात गोप्य ढंगले अवकाश दिएकाले आफू र आफूमा आश्रित परिवारको बाँच्न पाउने अधिकार हनन् भएको छ”, आयोगमा पीडित शिक्षकका तर्फबाट दिइएको निवेदनमा उल्लेख छ ।

अवकाश दिइएका शिक्षकहरुले संकटको अवस्थामा संविधानबाट रोजगारी र बाँच्‍न पाउने अधिकार रक्षाका लागि तथा सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसारको अधिकार रक्षा गर्न माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*