Home / Feature Breaking news / नेपालकाे २४ जिल्लामा फैलियो कोरोना संक्रमण

नेपालकाे २४ जिल्लामा फैलियो कोरोना संक्रमण

काठमाडौँ, २ जेठ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २४ जिल्लाका संक्रमित पाइएका छन् । कुल संक्रमित संख्या भने २ सय ५८ छ । शुक्रबार बिहान मकवानपुरमा पहिलो पटक एक जनामा संक्रमण भेटिएसँगै २४ जिल्लामा संक्रमण फैलिएको हो । शुक्रबार बिहानै बाँकेको नरैनापुरका ८ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार हालसम्मका संक्रमितमा २ सय ९ पुरुष र ४९ जना महिला छन् । तीमध्ये ३६ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । संक्रमित धेरैजसो २० देखि ५० वर्ष उमेर समूहका छन् ।

संक्रमण देखिएका २४ जिल्लामध्ये तराईका मात्रै १७ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । अहिलेसम्म तराईका मोरङ, सुनसरी, सिरहा र दाङमा कोरोना संक्रमण देखिएको छैन । अहिलेसम्म सबैभन्दा बढी पर्सामा ८५ जनामा कोरोना संक्रमण देखिएको छ । पर्सामा संक्रमण पुष्टि भएकामध्ये ३ जना निको भएका छन् ।

त्यस्तै कपिलवस्तुमा ३९, बाँकेमा ३३, उदयपुरमा ३२, रुपन्देहीमा २८, काठमाडौंमा ८, कैलालीमा ४, बारा र रौतहट, बारा र धुनषामा ३–३ जनामा संक्रमण देखिएको छ । त्यसैगरी झापा, महोत्तरी, सर्लाही, चितवन, बागलुङ र भक्तपुरमा २–२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै सप्तरी, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, बर्दिया, कञ्ञ्चनपुर, धादिङ, भोजपुर र मकवानपुरमा एक–एक जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै निको हुनेहरुमा उदयपुरका १५, काठमाडौंका ५, कैलालीका ४, पर्साका ३, चितवन र बागलुङका २–२, तथा रुपन्देही, भोजपुर, कञ्चनपुर, झापा र रौतहटका एक–एक जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*