Home / Feature Breaking news / विश्वभर २४ घण्टामा ९५ हजार कोरोना संक्रमित थपिए

विश्वभर २४ घण्टामा ९५ हजार कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभरमा ९५ हजार ३१ कोरोना भाइरस (कोभिड–१९)का नयाँ संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २१५ देशमा कोरोनाको संक्रण फैलिसकेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा २५ हजार ९२५ कोरोना संक्रमित थपिएका छन् । ब्राजिलमा १३ हजार ७६१ संक्रमित एकै दिन थपिएका छन् । रसियामा ९ हजार ९७४, बेलायतमा ३ हजार ४४६, स्पेनमा १ हजार ५५१ तथा इटलीमा ९९२ संक्रमित २४ घण्टामा थपिएका छन् ।

शुक्रबार बिहानसम्म विश्वभरमा कोरोना भाइरस संक्रमितको संख्या ४५ लाख २० हजार ६८६ पुगेको छ ।

हाल विश्वभर २५ लाख १५ हजार ६३६ कोरोना संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ४५ हजार ५६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको र बाँकीको मध्यम रहेको छ ।

१७ लाख १ हजार ९८५ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

हालसम्म विश्वभरमा संक्रमित मध्ये ३ लाख ३ हजार ६५ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*