Home / Feature Breaking news / दाङका पत्रकारहरूको रिपोर्ट नेगेटिभ

दाङका पत्रकारहरूको रिपोर्ट नेगेटिभ

दाङ, १ जेठ ।

जिल्लामा कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएका २५ जना पत्रकारहरुको रिपोर्ट नेगेटिभ आएको छ ।

पिसिआर विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठाका निमित्त रजिष्टार कैलाशप्रसाद देवले जानकारी दिएका छन ।

उनका अनुसार पत्रकारहरुसँगै कोरोना अस्पताल बेलझुण्डी, तुलसी अस्पताल, लमही अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय प्यूठान, घोराही उप महानगरपालिकाभित्र संकलित नमुनाहरुको परीक्षण सँगै गरिएको थियो । सबै ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको समन्वयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधवार स्वाब संकलन गरेको थियोे ।

फिल्डमा खटिएर कार्य गर्दै आएका पत्रकारहरु पनि जोखिममा रहेकाले कोरोनाको संक्रमण भए÷नभएको थाहा पाउनका लागि स्वाब परीक्षण गरिएको नेपाल पत्रकार महासंघका दाङ शाखा अध्यक्ष सविन प्रियासनले जानकारी दिए ।

छिमेकी जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि दाङ पनि उच्च जोखिममा रहेको छ । जिल्लामा पहिलोपटक यसरी पत्रकारहरुको स्वाब परीक्षण लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*