Home / Feature Breaking news / घोराही-५ का सय बढि परिवारलाई खाद्यान्न सहयाेग

घोराही-५ का सय बढि परिवारलाई खाद्यान्न सहयाेग

दाङ,१ जेठ ।

घोराही उपमहानगरपालिका वडा नं. ५ मा एक सय बढि बिपन्न घर परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

लकडाउनका कारण समस्यामा परेका घरपरिवारलाई घोराही उपमहानगरपालिकाको सहयोगमा वडा कार्यालयले दोश्रो चरणको राहत सहयोग कार्यक्रम अन्तर्गत बिहिवार वडा कार्यालयबाट एक सय २० विपिन्न घर परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण दैनिक जीविका चलाउन समस्या परेका वडाका अति विपन्न घरपरिवारलाई वडा कार्यालयले चामल, नून र हातधुनलाई सावुन वितरण गरेको घोराही उपमहानगरपालिका वडा नं. ५ का वडा सचिव लक्ष्मण अधिकारीले जानकारी दिएका छन । सचिव अधिकारीका अनुसार वडा कार्यालयले दोश्रो चरणको सहयोग कार्यक्रम अन्तर्गत पहिलो दिन वडाका विपन्न घरपरिवारलाई प्रति व्यक्ति पाँच किलो चामल, एक प्याकेट नून र एउटा सावन सहयोग गरेको हो ।

उक्त खाद्यान्न वडा अध्यक्ष बिष्णुमणी दाहालले विपन्न परिवारलाई हस्तान्तरण गरेका थिए । राहत वितरण कार्यक्रममा वडा अध्यक्ष दाहालसँगै घोराही उपमहानगरपालिका कार्यापालिका सदस्य, वडा सदस्यहरु,सचिव,प्राविधिक,कर्मचारीसँगै वडाका विभिन्न टोल विकास सस्थाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

वडा कार्यालयले पहिलो चरणको कार्यक्रम अन्तर्गत वडाका दुई सय ८५ घर परिवारलाई खाद्यान्न उपलव्ध गराएको थियो । वडा कार्यालयले विभिन्न संघसस्थाहरुको सहयोगमा वडाका दुई सय ८५विपन्न घर पविारलाई चामल, दाल,नून, तेल,सावुनलगायतका सामग्र्री पहिलो चरणमा सहयोग गरेको वडा अध्यक्ष बिष्णुमणि दाहालले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*