Home / Feature Breaking news / थप ५ जनामा काेराेना संक्रमण, संक्रमीतकाे संख्या २५० पुग्याे

थप ५ जनामा काेराेना संक्रमण, संक्रमीतकाे संख्या २५० पुग्याे

काठमाडौं- नेपालमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना स‌क्रमितको संख्या २५० पुगेको छ । आज विहान मात्रै थप २ जनामा कोरोना पुष्टि भएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसा नयाँ पुष्टि भएकाहरुको संख्या पाँच रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमित भएकाहरुमा सर्लाही धान्कोलका ४५ वर्षीय पुरुष, धनुषा, जनकपुर नगरपािलका र मिथिना नगरपालीका निवासी ४० वर्षीय पुरुष र २० वर्षीय महिला रहेका छन् ।

त्यसैगरी महोत्तरीको जलेश्वर नगरपालिकलाका १६ वर्षीय पुरुष र वलवा नगरपालिकाका ३५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
आज विहान संक्रमण देखिएका दुईजना सँगै आज मात्रै कोरोना संक्रमित हुनेको संख्या ७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*